बिपी कोइरालाले देखाएको मार्गमै हिँडिरहेका छौँ : शेर बहादुर देउवा

बिपी कोइरालाले देखाएको मार्गमै हिँडिरहेका  छौँ : शेर बहादुर देउवा
फाईल फोटो

काठमाडौं : कांग्रेसले पहिलोपटक आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ सुरु भएको छ।

११०औँ बिपी जन्मजयन्तीको अवसरमा कांग्रेसले बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्दै महोत्सवका रुपमा मनाइरहेको छ। 

पार्टी सभापती शेर बहाुदर देउवाले बिपीले देखाएको मार्गमै आफुहरु हिँडिरहेको बताएका छन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले बिपीको राजनीति, साहित्य र विचारका आयामलाई प्रसंशा गर्दै कोइराला सादा जिवनमा विश्वास गर्ने व्याक्ती भएको समेत उल्लेख गरे। 

राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा अभिमुख गराउनु महोत्सवको उद्देश्य रहेको उनको भनाइ थियो। 

उनले बिपी कोइरालालाई सम्झिँदै भने, ‘ठुलो मान्छे होइन, राम्रो मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो, हामि उँहाले देखाएको मार्गमा नै हिँडिरहेका छौं।’

भदौ २४, २०८० आइतबार १२:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।