मोरक्को भूकम्पबाट मृत्यु हनेको सँख्या २ हजार नाघ्यो, तीन दिन राष्ट्रिय शोक मनाउने

मोरक्को भूकम्पबाट मृत्यु हनेको सँख्या २ हजार नाघ्यो, तीन दिन राष्ट्रिय शोक मनाउने

काठमाडौं  : मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सँख्या दुई हजार १२ नाघेको छ। घाइते हुनेको सँख्या ५९ रहेको छ। 

भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शनिवार तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। 

मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। १८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ। 

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठुलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउस प्रान्तको इघिल सहर नजिक छ। 

भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। 

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो। 

तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ। 

भदौ २४, २०८० आइतबार ११:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।