बीपी साहित्य महोत्सव आजदेखि, तीन दिनसम्म चल्ने

बीपी साहित्य महोत्सव आजदेखि, तीन दिनसम्म चल्ने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा आज (आइतबार)देखि तीन दिनसम्म बीपी साहित्य महोत्सव आयोजना गर्दैछ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ। महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।

बीपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बीपी साहित्य महोत्सव’ हुन लागेको हो।

कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ। 

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी लगायत कार्यक्रम हुने जनाइएको छ।

भदौ २४, २०८० आइतबार ०८:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।