उकेरा टप फाइभ : स्वदेशमै काम दिन भनेर बनाइएको सरकारी रोजगार पोर्टलको बिजोगदेखि डा.पदमको उपचार अनुभवसम्म

उकेरा टप फाइभ : स्वदेशमै काम दिन भनेर बनाइएको सरकारी रोजगार पोर्टलको बिजोगदेखि डा.पदमको उपचार अनुभवसम्म

काठमाडौं : शनिबार भुटानको राष्ट्रिय एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार पहिलोपटक व्यावसायिक उडान भर्यो। भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्कियो।

शनिबार पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छे विछिप्त भएको बताए। उनले जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको र त्यसैगरी काम गरिरहेको भन्दै मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको बताए।

अमेरिकामा बसेर नेपालबाट मानव तस्करी गर्ने अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्रियो। उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएपछि पक्रिएर म्यादथप गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहानै रोकेर राखिएको ट्रकमा यात्रु बस ठोक्किँदा बाँकेमा ७ जनाको मृत्यु भएको समाचार लेख्यो। बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा गएराति करिब ७ बजे यात्रुबाहक बस ठोक्किएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको हो।
पूरा समाचारः बाँकेमा रोकी राखेको ट्रकमा बस ठोक्कियो, ७ जनाको मृत्यु

बिहान उकेराले कोरोना संक्रमणका कारण रोजगार गुमेर नेपाल फर्किएका वा नेपालभित्रै रोजगारको अवसर खोज्नेहरूका लागि उपयोगी भन्दै लुम्बिनी प्रदेश योजना आयोगले २८ कार्तिक २०७७ मा सञ्चालनमा ल्याएको रोजगार पोर्टल तीन वर्ष हुँदा यसेको आवश्यकतामाथि प्रश्न उठेको समाचार लेख्यो।
पूरा समाचारः स्वदेशमै काम दिन बनाइएको ‘सरकारी रोजगार पोर्टल’ खुल्दै खुल्दैन, वैदेशिक रोजगारीमा जानेको भने लर्को

उकेराले दिउँसो समसामयिक विषयमा एउटा लेख लेख्यो। जसमा अरुलाई विदेश जान प्रोत्साहित गर्ने र जान सिकाउनेहरू आफैँ किन विदेश जाँदैनन् भन्ने विषयमा समाचारमा उल्लेख छ।
पूरा समाचारः अरूलाई विदेश जान सिकाउने आफैँ किन जाँदैनन्?

राती उकेराले नियमित स्तभ डाक्टरका सुख–दुःखमा अर्थोपेडिक सर्जन तथा स्पोर्टस् फिजिसियन डा.पदमबहादुर खड्काको उपचार अनुभव समेट्यो। जसमा उनले बंगलादेशमा उपचार गर्दाको अनुभव र नेपालमै उपचार गर्दाका अनुभवहरू लेख्यो।
पूरा समाचारः डा. पदमको उपचार अनुभवः रेलको लिकमा छिरेकी युवती रेलले किचेर विभत्स हुँदा पनि बाँचिन्

उकेराले शनिबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेको समाचार लेख्यो।
पूरा समाचारः ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ

भदौ २३, २०८० शनिबार २२:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।