जन्मदिनको अवसरमा पत्रकार कँडेलद्वारा एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

जन्मदिनको अवसरमा पत्रकार कँडेलद्वारा एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

सुर्खेत : जन्मदिनको अवसरमा पत्रकार चिन्तामणि कँडेलले एक लाख ११ हजार १११ रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

विगत १८ वर्षदेखि सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका कँडेलले शनिबार आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेका हुन्।

नेपाल प्रेस युनियन सुर्खेत शाखाबाट वितरण हुनेगरी पत्रकार कँडेलले एक कार्यक्रमकाबीच युनियनका सुर्खेत अध्यक्ष मधुवन विसीलाई उक्त रकम बाफतको चेक हस्तान्तरण गरेका हुन्।

सुर्खेतस्थित युनियनमा आवद्ध क्रियाशील पत्रकारहरूलाई पुरस्कार वितरण गर्न अक्षयकोषको स्थापना गरिएको कँडेलले बताए।

‘पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूको पीडा र समस्या धेरै छन्। त्यसको भुक्तभोगी म आफैँ पनि हो,’ उनले भने, ‘अझै पनि कर्णालीमा पत्रकारिता गर्न समस्या छ। क्रियाशील पत्रकारलाई उत्साह र प्रोत्साहन गर्नका लागि अक्षयकोषको स्थापना गरेको हुँ।’

कार्यक्रममा नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरूलाई यो अक्षय कोषबाट दिइने पुरस्कारले प्रोत्साहन मिल्ने बताए।

सुर्खेतमा पत्रकारले नै पत्रकारका लागि स्थापना गरेको यो पहिलो ठूलो धनराशीको अक्षयकोष हो।

भदौ २३, २०८० शनिबार २१:१२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।