एसिया कप : श्रीलंकाले बंगलादेशलाई दियो २५८ रनको लक्ष्य
काठमाडौं : एसिया कप अन्तर्गत सुपर फोरको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई २५८ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनाएसँगै बंगलादेशले २५८ रनको लक्ष्य पाएको हो।
उसका लागि कुशल मेन्डिस र सदीरा समराविक्रममाले अर्धशतकीय पारी खेले। कुशलले ५० रन बनाउँदा सदीराले ९३ रन बनाए।
यस्तै, पथुम निसान्का ४०, दसुन शनाका २४, दिमुथ करुणारत्ने १८, चरिथ अशालन्का १०, धनन्जय डी सिल्भा ६, दुनिथ वल्लालागे ३, महीश थिक्सानाले २ रन बनाए।
बंगलादेशका लागि हसन महमुद र टस्किन अहमदले तीन-तीन र शोरिफुल इस्लामले दुई विकेट लिए।
बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
सुपर फोरमा दुवै टोलीको यो पहिलो खेल हो। सुपर फोरमा उत्कृष्ट हुने दुई टोलीले फाइनल खेल्नेछ। सुपर फोरमा श्रीलंका र बंगलादेशको अलावा भारत र पाकिस्तान छन्।
भदौ २३, २०८० शनिबार १८:५७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।