युएईले जित्यो महिला टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि

युएईले जित्यो महिला टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि

काठमाडौं : आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईले जितेको छ।

शनिबार सम्पन्न फाइनलमा थाइल्यान्डलाई ६ रनले हराउँदै यूएई च्याम्पियन बनेको हो।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो।

यूएईकी थीर्थ सतिशले सर्वाधिक २३ र रनिजा रजितले १० रनको योगदान दिए।थाईल्यान्डकी ओनिचा खम्चोम्पुले ३ तथा नट्य बुचथमले २ विकेट लिए।

जितका लागि ७१ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो। थाईल्यान्डका लागि नाथाकन चान्थमले सर्वाधिक २२ रन बनाइन्।

नान्नापाट खोंचा-रोएन-काइल १२ रनमा आउट भइन्। थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईकी काभिषा कुमारी एगोडागेद र वैष्णव महेशले ३-३ विकेट लिए।

विजेता युएई र उपविजेता थाईल्यान्डले यस अघिनै आगमी वर्ष हुने टि–२० विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका थिए।

नेपाल भने सेमिफाइनलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो।

समूह चरणमा युएईसँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल समूह उपविजेता बनेको थियो।

भदौ २३, २०८० शनिबार १८:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।