भारत-पाकिस्तान खेलमा भारी वर्षाको खतरा, कोलम्बोमा आँधीको पूर्वानुमान

भारत-पाकिस्तान खेलमा भारी वर्षाको खतरा, कोलम्बोमा आँधीको पूर्वानुमान

काठमाडौं : एसिया कप अन्तर्गत श्रीलंकाको कोलम्बोमा हुन लागेको भारत–पाकिस्तान सुपर फोरको खेलमा भारी वर्षाको खतरा देखिएको छ।

कोलम्बोमा साताभर भारी वर्षा भइरहेको छ र खेलको दिन अर्थात् आइतबार आँधी आउने पूर्वानुमान गरिएको छ।

कोलम्बोमा सेप्टेम्बरमा निकै कम वर्षा हुने र पछिल्ला केही वर्षयता यस सिजनमा यहाँ एकदिवसीय खेलहरू सफलतापूर्वक आयोजना गरिएको देखिन्छ। यद्यपि, कतिपय खेलहरू वर्षाकै कारण छोट्याउनुपरेको थियो।

श्रीलंकामा प्रिमनसुन मध्य अक्टोबरमा सुरु हुन्छ र सेप्टेम्बरमा धेरै वर्षा हुँदैन।

वर्षाका कारण यो खेलको लागि रिजर्भ डे पनि राखिएको छ तर म्याच अफिसियलले सोही दिन खेल टुंग्याउने प्रयासमा हुनेछन्। त्यसकारण पनि खेल निर्धारित समयभन्दा साढे १ घण्टा थप गरिने इएसपीएनक्रिकइन्फोले जनाएको छ।

आइतबार खेल सकिएन भने सोमबार खेल रोकिएको ठाउँबाट टोलीले खेल सुरु गर्नेछन्।

भदौ २३, २०८० शनिबार १८:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।