बिहेको आश्वासन देखाइ जंगलमा लगेर बलात्कार

बिहेको आश्वासन देखाइ जंगलमा लगेर बलात्कार

झापा : २२ वर्षीया युवतीलाई बिहेको आश्वासन देखाएर बलात्कार गरिएको छ।

बलात्कार अभियोगमा कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

कमालले ती युवतीलाई बिहे गर्ने आश्वसन देखाइ अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ २३, २०८० शनिबार १७:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।