३५ वर्षीया महिला घरमै बलात्कृत, २५ वर्षीय युवक पक्राउ

३५ वर्षीया महिला घरमै बलात्कृत, २५ वर्षीय युवक पक्राउ

कञ्चनपुर : ३५ वर्षीया महिलालाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ २३, २०८० शनिबार १७:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।