परिवर्तनमा ज्यापु समुदायको योगदान अमूल्य : उपप्रधानमन्त्री श्रेष्ठ

परिवर्तनमा ज्यापु समुदायको योगदान अमूल्य : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताएका छन्।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘संघीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठुलो योगदान छ,’ उनले भने, ‘०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफुलाई अग्रणी र निर्णायक सावित गरेको छ।’

काठमाडौंको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीको घरमा बसेर कार्यक्रमहरू बनाइएकोसमेत उनले स्मरण गरे।

भदौ २३, २०८० शनिबार १७:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।