दुई माेटरसाइकल ठोक्कियो, तेस्रो माेटरसाइकल चालकको मृत्यु

दुई माेटरसाइकल ठोक्कियो, तेस्रो माेटरसाइकल चालकको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको हो।

उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

भदौ २३, २०८० शनिबार १५:३९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।