लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–जेडएच सार्वजनिक
काठमाडाैं : लिट्मस केबल्सले एक भव्य समारोह बीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर–जेडएच सार्वजनिक तथा बिक्रीको घोषणा गरेको छ।
ह्यालोजनमुक्त ईकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहनुका साथै ग्राहकमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुभूति दिने कम्पनीको विश्वास छ। यस तारले आगलागीको जोखिमलाई कम गर्दै धनजनको सुरक्षामा योगदान पुर्याउने कम्पनीको दाबी छ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले ईकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार भएको बताउँदै ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ–नयाँ प्रविधि तथा नविनतम उत्पादनहरू बजारमा ल्याउँदै जाने प्रतिवद्धता व्यक्त गरे।
कम्पनीका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर–जेडएचको विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्नसक्नेमा जोड दिए। यसको कम धुवाँ र उत्सर्जन–मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको उनले बताए।
ईकोवायर–जेडएच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खिया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो। आगलागी हुदाँ ईकोवायर–जेडएचले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जन–मैत्री, पर्यावरण–मैत्री, र ओजोन–मैत्री पनि छ। ह्यालोजन–फ्री फायर रेडिएसनकोे अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्दछ।
भदौ २३, २०८० शनिबार १४:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।