मोरोक्कोमा ६.८ म्याग्निच्यूडको भूकम्प, ६ सय बढी मानिसको मृत्यु

मोरोक्कोमा ६.८ म्याग्निच्यूडको भूकम्प, ६ सय बढी मानिसको मृत्यु

एजेन्सी : अफ्रिकी देश मोरोक्कोमा ६.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा ६३२ जनाको मृत्यु भएको छ।

अलजजिराका अनुसार शुक्रबार राति गएको भूकम्पमा परी घाइते हुनेको संख्या ३३० भन्दा बढी रहेको छ।

पर्यटकीय शहर माराकेश नजिकै केन्द्रबिन्दु रहेको भूकम्पले बढी मानवीय क्षति पनि यसै शहरमा गरेको छ। साथै अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महसुस भएको थियो। 

भूकम्पले घर र सडकहरू भत्किएकोले उद्धार गर्न समस्या भइरहेको बताइएको छ।

भदौ २३, २०८० शनिबार १४:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।