जर्जियाको पोस्टमा स्पेनको ७ गोल, मोराटाको ह्याट्रिक
एजेन्सी : युरोकप छनोटमा स्पेनले जर्जियालाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा जर्जियालाई उसैको घरेलु मैदानमा हराउन अल्भारो मोराटाले ह्याट्रिक गरे। पहिलो हाफमै दुई गोल गरेका उनले ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।
त्यस्तै स्पेनका लागि ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले एक गोल गर्दा स्पेनले एक आत्मघाती गोल उपहार पाएको थियो।
समूह ‘ए’ मा ३ खेलमा यो दोस्रो जितपछि स्पेन ६ अंकसहित दोस्रो स्थानमा छ। लगातार पाँच खेल जितेको स्कटल्याण्ड शीर्षस्थानमा छ।
भदौ २३, २०८० शनिबार ०८:०१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।