आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

भदौ २३, २०८० शनिबार ०७:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।