सरकारका तीन सचिवको सरुवा, को कँहा?

सरकारका तीन सचिवको सरुवा, को कँहा?

काठमाडौं : सरकारका तीन सचिवको सरुवा गरिएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ। 

यसैगरि, नेपाल कानुन आयोगका सचिव नीरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

भदौ २२, २०८० शुक्रबार १६:५९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।