दाइले भाउजुलाई टिकट दिने परिपाटी १५ औँ महाधिवेशनबाट हटाउँछौँ : गगन थापा

दाइले भाउजुलाई टिकट दिने परिपाटी १५ औँ महाधिवेशनबाट हटाउँछौँ  : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गइरहेको भन्दै अशन्तुष्टी सतहमा आउन थालेको बताएका छन्। 

शुक्रबार आज सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित नेपाल महिला संघको तीज कार्यक्रममलाई सम्वोधन गर्दै उनले उनले ८ लाख ६६ हजार सदस्य रहेको पार्टी अहिले शिथिल भएको बताएका हुन्। 

उनले भने, ‘परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन्। परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन्।’

उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए।

‘वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ’, उनले भने, ‘तर वडाको जनप्रतिनिधिको उम्मेदवार छान्दा चाहिँ माथि जान्छ। त्यसैले त्यो अधिकार पनि यहीँ राख्न सक्नु पर्छ।’

थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन्। ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन्’, उनले भने, ‘सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ।

दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए। 

भदौ २२, २०८० शुक्रबार १६:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।