राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

भदौ २४ गते (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। 

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए। 

राष्ट्रिय सभामा ३ वटा बिद्येयकहरु बिचाराधीन अवस्थामा छन्।

भदौ २२, २०८० शुक्रबार १५:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।