असारमा खनिएका सडक भदौमै भत्किए

असारमा खनिएका सडक भदौमै भत्किए
फाईल फोटो

काठमाडौं : कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/ ८० को अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनेका २८ सडक भदौमै भत्किएका छन्। 

वातावरणीय प्रभाव मुल्यांकन नगरि करोडौँको बजेट खर्चिएर असारे झरिमा खनिएका सडकले भदौरे भेल थेग्न नसकेर भत्किएका हुन्। 

१५ लाखमा रुपैयाँमा निर्माण गरिएको जिल्लाको नलगाड नगरपालिका–८ स्थित खास्ने खेत गम्राख-रङ्गखाली हल्चौर हुँदै लेखम जोडने सडक पैदल हिड्ने अवस्थामा समेत नरहेको स्थानियले बताएका छन्।

सडकको ठाँउ ठाँउमा पहिरो जाँदा हिड्डुल गर्न समस्या भएको उनिहरुको भनाइ छ। 

बारेकोट गाउँपालिका–८ को कोल्यानी छुतिपाल्ती बण्डाला सडकको ठाँउ ठाँउमा पहिरो गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहीले बताए। 

उनका अनुसार अधिकांश सडकले बस्तीमा पहिरो ल्याएर सर्वसाधारणको उठीबाससमेत बनाएको छ।

सडकको डिपिआर नगरी पहुँचको भरमा योजना ल्याइ निर्माण गरिएका यी सडकले विकासभन्दा पनि विनाशका रुपमा अगाडि बढेको शाहीको भनाइ थियो।

भदौ २२, २०८० शुक्रबार १५:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।