महिलालाई बलात्कार र बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ

महिलालाई बलात्कार र बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ

झापा : २४ वर्षीया महिलालाई बलात्कार र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर विश्वकर्मा रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडित दुवैको स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने घटनाको अनुसन्धान प्रहरीले थालेको छ।

भदौ २२, २०८० शुक्रबार १४:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।