नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गछौँ : अर्थमन्त्री महत

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गछौँ : अर्थमन्त्री महत
फाईल फोटो

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सिंहदरबारमा लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए।

उनले भने, ‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मुख्य लगानीकर्तालाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छाैं । बजेटमा पनि हामीले बोलेका छौं ।’

नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बतए।

अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढङ्गले पहल गर्ने विश्वास  व्यक्त गरे।

भदौ २२, २०८० शुक्रबार १४:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।