काङ्ग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणविरुद्ध तरुण दलको विरोध

काङ्ग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणविरुद्ध तरुण दलको विरोध

काठमाडौं : कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल तरुण दल सडक आनदोलनमा उत्रिएको छ। 

प्रदर्शनकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन्।

दुई दिनअघि भृकुटी मण्डपस्थित रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए।  

तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए।

घाइते यादवलाई उपचारको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको टाउकोको पछिल्लो भाग र गर्धनमा चोट लागेको सेन्टरले जनाएको छ।

भदौ २२, २०८० शुक्रबार १३:५८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।