लत्रेको तारमा करेन्ट लागेर एक जनाको मृत्यु

लत्रेको तारमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं : दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको लमही नगरपालिका–२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको  प्रहरीले जनाएको छ।

बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो।

उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

भदौ २२, २०८० शुक्रबार १३:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।