रसायन कारखानामा ग्यास चुहिंदा १० जनाको मृत्यु

रसायन कारखानामा ग्यास चुहिंदा १० जनाको मृत्यु

एजेन्सी : उत्तरी चीनमा रहेको एक रसायन कारखानामा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका छन्।

बिहीबार अपरान्ह इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा ग्यास चुहावट भएर उक्त दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ।

ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको हो। सीसीटीभीले मृत्तकको सङ्ख्या अझ बढ्नसक्ने बताएको छ। 

यसै वर्षको सुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए।

हालै उत्तर पश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेना गृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो।

भदौ २२, २०८० शुक्रबार १३:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।