अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल ६ दिनदेखि बन्द

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल ६ दिनदेखि बन्द

सङ्खुवासभा : मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन्।  

गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्ज पीडित सङ्घर्ष समितिले  विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन्। अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ। 

अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन्।

जग्गाधनीलाई मुआब्जा वापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उनको भनाइ छ।

भदौ २२, २०८० शुक्रबार १२:१९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।