ट्याक्टर दुर्घटनामा परि रुकुम पश्चिममा ६ जना घाइते, सबै सामान्य

ट्याक्टर दुर्घटनामा परि रुकुम पश्चिममा ६ जना घाइते, सबै सामान्य

काठमाडौं : ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन्। 

जिल्लाको मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको कामदार बोकेको ट्याक्टर दुर्घटनामा परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापासहित सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई घाइते भएको प्रहरीले जनाएको छ।  

घाइते सबैको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  

दुर्घटनाको कारण खुल्न नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू रहेको पाइएको छ।

भदौ २२, २०८० शुक्रबार १२:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।