एकीकृत समाजवादीले जनतालाई राष्ट्रिय राजनीति बुझाउन मेची-महाकाली अभियान गर्ने

एकीकृत समाजवादीले जनतालाई राष्ट्रिय राजनीति बुझाउन मेची-महाकाली अभियान गर्ने

काठमाडौं : एकीकृत समाजवादीले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची-महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ।

मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्यले रहेको सो अभियान चलाउन लागेको पार्टीले जनाएको छ।

अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने छ। 

पार्टी महासचिव घनश्याम भुसालले अभियानमा तत्कालीन एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने बताए।

भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति,सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ।

भदौ २२, २०८० शुक्रबार ११:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।