आतङ्कवादी हमलामा परि ६४ जनाको मृत्यु

आतङ्कवादी हमलामा परि ६४ जनाको मृत्यु
तस्वीर– बिबिसी

एजेन्सी : अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा डुङ्गामा आक्रमण हुँदा ६४ जनाको मृत्यु भएको छ। 

एजेन्सीले दिएको जानकारी अनुसार आतङ्कवादीहरूले फरक-फरक ठाउँमा आक्रमण गरेका हुन्।

आतङ्ककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गा र बाम्बामा रहेको सैन्य शिविरमा आक्रमण गरेका थिए। 

मालीको गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूको आक्रमणमा परी ४९ जना मारिएका थिए भने सैन्य शिविरमा भएको आक्रमणमा १५ जना सैनिक मारिएको खबर छ। 

दोहोरो फायरिङमा झण्डै ५० जना लडाकु मारिएको माली सरकारले दाबी गरेपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन। 

डुङ्गामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

भदौ २२, २०८० शुक्रबार ११:३८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।