सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको छ। 

बारा घर भएका शिव कुमार सराफलाई पक्राउ गरि उनको भुमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ। 

राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो।

गत असार ३० गते हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको पुष्टी भएको सिआईबीका एक अधिकारीले बताए।  

भदौ २२, २०८० शुक्रबार १०:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।