चेपाङ समुदायले आज छोनाम पर्व मनाउँदै, तीन जिल्लामा सार्वजनिक बिदा

चेपाङ समुदायले आज छोनाम पर्व मनाउँदै, तीन जिल्लामा सार्वजनिक बिदा

चितवन : आज (शुक्रबार) चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन्। यस समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ।

बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनामका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ। हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो।

प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम पर्व मनाउँदै छन्। चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउने बताइएको छ।

भदौ २२, २०८० शुक्रबार ०९:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।