उकेरा टप फाइभ : माणिकरत्नका बैंकिङ जीवनका किस्सादेखि सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्री पदमुक्तसम्म

उकेरा टप फाइभ : माणिकरत्नका बैंकिङ जीवनका किस्सादेखि सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्री पदमुक्तसम्म

काठमाडौं : बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गर्यो।

यहिदिन क्रिकेट सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पनि सुनुवाइ भयो। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको दियो। अन्तिम सुनुवाइ हुने भनिएको मुद्दा बिहीबार पनि सर्यो।

बुधबार संसद् बैठक पनि बस्यो। बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार रिपोटर्स क्बलकमा भएको सांघातिक आक्रमणको बारेमा कुरा उठ्यो। यस्तै कान्ति बाल अस्पतालमा उपचारको अभावमा बालकको मृत्यु भएको प्रसङ्गमा पनि जोडदार आवाज उठ्यो। यी दुवै विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार नेपालमा गत वर्षभन्दा यसवर्ष डेंगु संक्रमणको दर गतवर्षभन्दा उकालो लागेकोबारे समाचार लेख्यो। गतवर्ष डेंगुबाट ८८ जनाको मृत्यु भएर ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएकोमा यसवर्ष १४ जनाको मृत्यु र २३ हजार एक सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस वर्ष संक्रमणको उच्च विन्दु आइपुगेकै छैन।
पूरा समाचारः डेंगु संक्रमणको दर गत वर्षभन्दा उकालो लाग्यो, अझै दुई महिना उच्च जोखिम

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भमा कलाकार तथा बैंकर माणिकरत्न शाक्यको अनुभव समेट्यो। जसमा उनले १५ वर्षको उमेरदेखि बैंकको जागिरे जीवन र कलाकारिता जीवनका रमाइला किस्सा उकेरासँग साटे।
पूरा समाचारः १५ वर्षमै बैंकमा जागिरे भएका माणिकरत्न भन्छन्, ‘छ महिना लभ पर्दा कमाइभन्दा खर्च बढी भो’

साँझपख उकेराले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त भएको समाचार लेख्यो। त्यसअघि उकेराले बिहीबार बिहानै ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम चर्चामा, राजनीतिक लबिङ भइरहेको दाबी’ शीर्षकमा समाचार लेखेको थियो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
पूरा समाचारः चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त

साँझपख नै उकेराले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको समाचार लेख्यो। सर्वोच्च अदालतले ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दियो।
पूरा समाचारः ४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश (संक्षिप्त आदेशसहित)

र राति उकेराले नेपाली कांग्रेसले गर्न लागेको बीपी साहित्य महोत्सवको केन्द्रविन्दुमा रहेर कांग्रेस सह–महामन्त्री बद्री पाण्डेसँग कुराकानी गर्यो। कुराकानीमा उनले बीपीको सिद्धान्तलाई कांग्रेसले परिमार्जन गर्न नहुने र प्रयोगमा जोड दिनुपर्ने बताए।
पूरा समाचारः ‘बीपीको विचारमा संविधान बन्यो, कांग्रेस कसरी च्यूत भएको हुन्छ र?’

भदौ २१, २०८० बिहीबार २२:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।