फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद् सदस्यबाट राजिनामा

फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद् सदस्यबाट राजिनामा

एजेन्सी : गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्र्याट्स पार्टीका नेता तथा फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेका छन्।

मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएका हुन्।

‘म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्नसक्छु। मैले गरेको राजीनामाले फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुने मलाई लाग्छ,’ उनले पत्रकारसँग भनिन्।

मरिनले थपिन्, ‘मसँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु।’

सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेकी थिइनन्।

त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन्। प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनिन्, ‘कहिलेकाहिँ मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ।’

भदौ २१, २०८० बिहीबार २०:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।