नर्सरी घारीमा १७ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

नर्सरी घारीमा १७ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

झापा : १७ वर्षीया किशोरीलाई नर्सरी घारीमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारी रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विवेकले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो।

घटनापछि किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

भदौ २१, २०८० बिहीबार १८:५८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।