सन्दीपको मुद्दामा फेरि गौशाला-२६ को जन्ममितिको कागज मगाउन आदेश

सन्दीपको मुद्दामा फेरि गौशाला-२६ को जन्ममितिको कागज मगाउन आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालत काठमाडौंकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले उक्त आदेश दिएको हो।

अन्तिम समयमा सन्दीपका वकिल सरोज घिमिरेले बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भएकाले त्यो कागजात मगाउन माग गरेका थिए।

बिहिबार सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारीले बहस गरेका थिए। 

त्यसपछि न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो।

आजको समय सकिएपछि भोलि फेरि सुनुवाइ गर्ने न्यायाधीश कार्कीले बताइन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

भदौ २१, २०८० बिहीबार १७:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।