विकास बोर्डद्धारा फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन अस्वीकार

विकास बोर्डद्धारा फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन अस्वीकार

काठमाडौं : चलचित्र विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’ लाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ।

केही धार्मिक संघसंस्थाहरुले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाइरहेकाले तत्काल सेन्सर सिफारिस नदिने निर्णयमा पुगेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।

बिहीबार आज बोर्डसहित फिल्मका निर्माता सुनिलकुमार थापा तथा हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघलगायत धार्मिक संघ–संस्थाका प्रतिनिधिबीच भएको छलफल निष्कर्षविहिन भएपछि बोर्ड सेन्सर नदिने निर्णयमा पुगेको उनले बताए।

तीसंघ-संस्थाले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पु¥याएको दाबी गर्दै प्रदर्शन रोक्न माग गर्दै बोर्डमा निवेदन दिएका थिए।

तर निर्माण पक्षले भने आफूहरुले रोमान्टिक प्रेमकथामा आधारित फिल्म भएकाले धर्ममाथि आँच पु¥याउने कुनै विषयवस्तु नभएको बताउँदै आएको छ ।

यता बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि शुक्रबारलाई कार्यसमिति बैठक बोलाएको छ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मबारे विवाद भएपछि दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन मन्त्रालयले बोर्डलाई पत्राचार गरेको जानकारी दिए।

फिल्म यही भदौ २९ गते रिलिज हुने तयारीमा छ। झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका छ।

भदौ २१, २०८० बिहीबार १७:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।