जी–२० का पाहुनालाई चाँदीको चम्चा, सुनको थालमा भात

जी–२० का पाहुनालाई चाँदीको चम्चा, सुनको थालमा भात

काठमाडौं : जी–२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई भारतले सुनको जलप लगाइएको थालमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ।

एजेन्सीले बताए अनुसार भारतीय आतिथ्यताको संस्कार रपाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो।

नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन आयोजकले आग्रह गरेको छ। भारतको राजधानी नयाँदिल्लीमा आउँदो सेप्टेम्बर ९–१० मा जी–२० को शिखर सम्मेलन हुँदैछ। 

अहिले भारत जी–२० को अध्यक्ष हो। जी–२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत नेताहरू सहभागि हँदैछन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने बताइएको छ।

एजेन्सीको सहयोगमा

भदौ २१, २०८० बिहीबार १६:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।