काङ्ग्रेस महामन्त्री यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काङ्ग्रेस महामन्त्री यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण  भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।

आजको  प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले योघट्नाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए। 

त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन्।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि साँघातिक रुपमा खुकुरी प्रहार भएको थियो। 

प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी प्रहार गरेका थिए। 

भदौ २१, २०८० बिहीबार १६:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।