वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिएको छ।

महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक बिदा दिइएको महानगरका प्रशासन विभाग प्रमुख दिपक अधिकारीले जानकारी दिए।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको भाइरल निमोनियाका कारण बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो। 

रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ। 

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। 

भदौ २१, २०८० बिहीबार १५:४०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।