सन्दीपविरुद्धको मुद्दाको सुनुवाई जारी

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई जारी

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासमा लामीछानेविरुद्धको मुद्दामा सुनुवाई भइरहेको हो। 

यसअधि गएको भदौ १० गते न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।

सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। त्यसपछि अदालतले भदौ २१ गते आजका लागि अर्को पेसी तोकेको हो।

भदौ २१, २०८० बिहीबार १४:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।