रुपन्देही र भोजपुरमा १०-१० वर्षका दुई बालिका बलात्कृत, दुई जना पक्राउ

रुपन्देही र भोजपुरमा १०-१० वर्षका दुई बालिका बलात्कृत, दुई जना पक्राउ

काठमाडौं : रूपन्देही र भोजपुरमा १०-१० वर्षका दुई बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

उनले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको नगर प्रहरी कार्यालय योगीकुटीले जनाएको छ।

यस्तै, भोजपुरमा बालिका बलात्कारको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ।

प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ।

भदौ २१, २०८० बिहीबार १४:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।