उपचार नपाएर बालिकाको निधन भएकोप्रति सरकारको ध्यानाकर्षण

उपचार नपाएर बालिकाको निधन भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं : उपचार कुर्दाकुर्दै पालो नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्बाहीका कारण भएको दाबी दोषीलाई कार्वाहीको माग गर्दै पीडितलाई उचित न्याय दिन माग गरेका हुन्।

सबै बालबालिकाले सहजरूपमा उपचार पाउँनु नैसर्गिक अधिकार भएको भन्दै उचित प्रबन्ध गराउनुपर्ने उनको माग थियो।

भदौ २१, २०८० बिहीबार १४:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।