गृहमन्त्रीलाई महामन्त्री थापाको प्रश्न : एक्लै हिंड्न नमिल्ने भएको हो ?

गृहमन्त्रीलाई महामन्त्री थापाको प्रश्न : एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन्।

प्रतिनिधि सभा आजको बैठकको विशेष समयमो बोल्दै उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भइरहेको भन्दै आफु चुप लागेर नबस्ने चेतावनी दिए। 

दिनदहाडै आक्रमणका घट्ना बढ्दै गइरहको स्मरण गराउँदै उनले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए। 

‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ। हामी एक्लै हिंड्न हुने हो कि नहुने हो?’ उनले  भने।

उनले प्रधानमन्त्री र गृहमन्त्री आँफैले सम्बोधनका क्रममा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मावार व्याक्तिले यस्तो बोल्न नहुने तर्फ सचेत गराए। 

भदौ २१, २०८० बिहीबार १४:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।