बैतडीमा चितुवा आक्रमणबाट किशोरी घाईते

बैतडीमा चितुवा आक्रमणबाट किशोरी घाईते

बैतडी : चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी घाईते भएकी छन्। 

घाँस काट्न जङ्गल गएको बेला जिल्लाको पन्चेश्वर गाउँपालिका ३ बगरेठीकी १७ बर्षीय पुजा लुहारलाई चितुवाले झम्टेपछि घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले जानकारी दिए।

उनका अनुसार अहिले प्रहरीले घाईते पुजाको उद्धार गरेर उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगेका छन्।

बैतडीको तल्लोस्वराड क्षेत्र चितुवा प्रभावित क्षेत्र हो। 

त्यहाँका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका अधिकांश बस्ती चितुवाबाट प्रभावित छन्।

२०६८ साल यता एक दशकको अवधिमा यो क्षेत्रका २७ जनाको चितुवाको आक्रमणमा परी ज्यान गएको छ ।

जिल्लाभर हालसम्म चितुवाको आक्रमणबाट ३३जना घाइते भएका छन्।

भदौ २१, २०८० बिहीबार १३:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।