घट्यो कृषक परिवारको संख्या, जमिन बाँझो छोड्ने बढ्दै

घट्यो कृषक परिवारको संख्या, जमिन बाँझो छोड्ने बढ्दै

काठमाडौं : नेपालमा कृषक परिवारको संख्या घट्दै गइरहेको पाइएको छ।

सरकारले राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गर्दै ६२ प्रतिशत कृषक परिवार मात्र रहेको  तथ्याङ्क सार्वजनिक गरेको हो।

केन्द्रीय तथ्याङ्क विभागले बिहिबार कृषि गणना सार्वजनिक गर्दै अधिल्लो कृषि गणनाले देखाएका ७१ प्रतिशत कृषक परिवारमध्ये १० बषको अवधीमा ९ प्रतिशक कृषक परिवार घटेको देखाएको छ। 

यस्तै,कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ। 

अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो। 

तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ ।

२०१८ सालदेखि हरेक दश दश वर्षमा कृषि गणना हुँदै आएकोमा राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो। 

भदौ २१, २०८० बिहीबार १३:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।