एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले देश पछि प‍‍र्‍यो : गृहमन्त्री श्रेष्ठ

एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले देश पछि प‍‍र्‍यो : गृहमन्त्री श्रेष्ठ

चितवन : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

माडी नगरपालिकाले बिहीबार आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नु पर्नेको विकल्प नरहेकोमा जोड दिए।

‘एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले देश विकास हुनसकेन। हाम्रो देश पछि पर्नुको मुख्य कारण पनि यही हो,’ उनले भने, ‘राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी छ।’

स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ। 

साथै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन समेत दिए।

भदौ २१, २०८० बिहीबार १२:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।