प्रधानमन्त्री यूएनबाटै चीन जान मिल्दैन : प्रेम सुवाल

प्रधानमन्त्री यूएनबाटै चीन जान मिल्दैन : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नमिल्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका उनले यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै बरु नेपाल आएर जाँदा राम्रो हुने सुझाव दिए।

‘प्रधानमन्त्री ज्यू यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन। बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्धी केपि शर्मा ओलीले जिम्मा लिनुपर्ने उनको भनाई थियो।

भदौ २१, २०८० बिहीबार १२:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।