सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपाल आउँदै

सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपाल आउँदै

काठमाडौं : संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ। 

आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

सैन्य अभ्यास भक्तपुरको नगरकोटमा उनले बताए।  उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो। यसअघि ३९ औँ अभ्यास भइसकेको छ।

अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता रहनेछ।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।

भदौ २१, २०८० बिहीबार १२:२८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।