सन्दीपको बलात्कार सम्बन्धी मुद्दाको पेसी शकुन्तला कार्कीको इजलासमा

सन्दीपको बलात्कार सम्बन्धी मुद्दाको पेसी शकुन्तला कार्कीको इजलासमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ।

विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो।

जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।

सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। कार्कीको इजलासमा तेस्रो नम्बरमा सन्दीपको मुद्दाको पेशी रहेको छ।

गएको भदौ १० गते न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

त्यसपछि अदालतले भदौ २१ गते आजका लागि अर्को पेसी तोकेको हो।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ। 

भदौ २१, २०८० बिहीबार ११:४७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।