वडाध्यक्ष रिजालको निधनको कारण भाइरल निमोनिया : ग्राण्डी अस्पताल

वडाध्यक्ष रिजालको निधनको कारण भाइरल निमोनिया : ग्राण्डी अस्पताल

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाका कारण भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनाएको छ। 

डेंगु संक्रमणका कारण वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिए।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापति समेत रहेका रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए।

​​​​​​​

भदौ २१, २०८० बिहीबार १०:५७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।